२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

सशस्त्र प्रहरीले १८ लाख ३० हजारको अवैध चिनीसहित ट्रक पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २३, २०७९

ABC (क्राईमबिट)
सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट सोमबार सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको को.१ ख ३०२० नम्वरको ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीले नियन्त्रणमा लिईएको हो ।

बरामद चिनी तथा ट्रक आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सेतुबन्ध सुनसरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना कार्यदलले विपद पूर्व तयारी तथा प्रतिकार्य याेजना निर्माण प्रकृयामा जुटेकाे छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत गठित कार्यदल यस्तो तयारीमा जुटेको हो । सोही कार्यदलका संयाेजक तथा मन्त्रालयका विपद सम्पर्क व्यक्ति भुपबहादुर मल्लकाे अध्यक्षतामा शुक्रबार राप्ती उपत्यका देउखुरीमा बसेकाे पहिलाे बैठकले […]

काठमाडौं । युटुबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका ७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो । ‘Hades’ नामक युटुब च्यानलमा प्रसारित […]

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]

error: Content is protected !!