०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

विश्वविद्यालय परिसरमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ।

विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो।

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।

घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन्। ‘म यो घटनाबाट निकै विक्षिप्त छु,’ उनले भनेका छन्।

भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]