१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

विश्वविद्यालय परिसरमा गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

Logo
प्रकाशित मंगलबार, कार्तिक २९, २०७९

अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ।

विद्यार्थी सवार  बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो।

गोली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्।

घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन्। ‘म यो घटनाबाट निकै विक्षिप्त छु,’ उनले भनेका छन्।

भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!