०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

आईतवार रातिबाट मतगणना गर्ने तयारी १० स्थानहरुमा हुँदैछ मतगणना सुरु

Logo
प्रकाशित आइतबार, मंसिर ०४, २०७९

(ABC-Sanchar)
काठमाडौँ । जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरूको मतगणना फरक-फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सिसिटिभी क्यामरा जडान गरिएको छ ।

काठमाडौँ क्षेत्र नं.१ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

 

यसैगरी क्षेत्र नं.५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र न.६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भूको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा हुने गरी तयारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी भट्टराईले मतपेटिका सङ्कलनको काम भइरहेको भन्दै प्रक्रिया पूरा गरी आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!