०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

दाङमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका ३ वटै क्षेत्रमा अग्रता कायमै

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(ABC-Sanchar)
दाङ । १, २ र ३ बाट सत्ता गठबन्धनका क्रमशः एकीकृत समाजवादीका मेटमणि चौधरी, माओवादी केन्द्रकी रेखा शर्मा र नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका हुन् ।

 

दाङ १ को कुल मत ५ हजार २८५ मत गन्दा मेटमणिले २ हजार ९९ मत, एमालेकी शान्ता चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १ हजार ९ मत ल्याएका छन् ।

यस्तै दाङ २ मा कुल मत १६ हजार २९ मत गन्दा माओवादीकी रेखा शर्माले ६ हजार ५६० मत, एमालेका शंकर पोखरेलले ५ हजार २०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार ५६८ मत ल्याएका छन् ।

यस्तै दाङ ३ मा कुल मत ६ हजार १८० मत गन्दा कांग्रेसका दिपक गिरीले २ हजार ४३७ मत, एमालेकी कोमल वलीले २ हजार १४८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १ हजार ५२ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!