२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

चर्चित रेडियो कार्यक्रम बहकिने मन’ सञ्चारकर्मी महावीरको दुर्घटनामा मृत्यु

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(ABC-Sanchar)
काठमाडौँ । चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।

चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौँ फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रो बस दुर्घटना भएको थियो।

सुन्दरवस्तीबाट नारायणघाट तर्फ आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुर्घटनामा अन्य ४ जना घाइते भएको पण्डितको भनाइ छ।

घाइते विश्वकर्मालाई अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पण्डितको भनाइ छ। उनको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको र पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने छ।

विश्वकर्माको चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ स्रोतामाझ निकै चर्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]