२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

आगलागी हुँदा ३६ जनाको मृत्यु चीनको एक कारखानामा

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(ABC-Sanchar)

काठमाडौं । चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ ।

चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा आगलागीका घटनाहरु पछिल्लो समय धेरै नै सार्वजनिक भइरहेका छन् ।

सन् २०१९ को मार्चमा सांघाईबाट २६० किलोमिटर टाढा रहेको रासायनिक कारखानामा विस्फोट हुँदा ७८ जनाको मृत्यु भएको थियो ।

यसअघि सन् २०१५ मा उत्तरी तियान्जिनमा रहेको एक रासायनिक गोदाममा विस्फोट हुँदा १६५ जनाको मृत्यु भएको थियो ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!