०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

प्रधानमन्त्री देउवा चुनावमा व्यस्त पिए जनक भट्टको कार्यालयमा हालीमुहाली

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९

(ABC-Sanchar)
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी चटारो छ । उमेरजन्य हिसाबले पनि उनी चुनावमा बढी केन्द्रित हुँदा यता प्रधानमन्त्री कार्यालयमा भने निजी सचिव जनक भट्टको हालीमुहाली भएको स्रोतले बताएको छ ।

समाचार स्रोतका अनुसार, प्रधानमन्त्रीको पीए हुँदा भट्टले विगतमा जुन पार्टीको प्रधानमन्त्री भयो, त्यो पार्टी निकटका प्रशासकहरुलाई संरक्षण गर्ने गरेका थिए । तर भट्टका हकमा भने यो नीति लागू हुन सकेन । सत्ता गठबन्धनलाई असहयोग गर्ने भनेर चिनिएकै कर्मचारीहरुलाई संरक्षण गर्ने गरेका भट्टले प्रधानमन्त्री देउवालाई गलत सल्लाह दिने गरेको समाचार स्रोतले बताएको छ । समाचार स्रोतका अनुसार, उनलाई प्रधानमन्त्री देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपालले समेत साथ दिंदैआएका छन् । भट्ट–नेपालले प्रशासनिक सल्लाह उनीहरुको अनुकूल दिंदैआएको आरोप छ । यतिसम्म कि भट्ट शक्तिको दुरुपयोग गरी ३ महिनाअघि भारतका लागि उपमहाबाणिज्यदूत नियुक्त भए । यो नियुक्ति पाउँदा समेत प्रधानमन्त्री देउवाले सुईको समेत पाएनन् ।

प्रधानमन्त्रीको पीएको पदको दुरुपयोग गरी सोझा उद्योग मन्त्री दिलेन्द्र बडुमार्फत् कलकत्ताको उपमहाबाणिज्यदूत हुन सफल भएको स्रोतले बताएको छ । मन्त्री बडुलाई प्रधानमन्त्रीको हवाला दिएर आफ्नो काम फत्ते गराएका भट्टले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई समेत गुमराहमा राखेका छन् । उपमहाबाणिज्यदूत नियुक्तिको मापदण्ड समेत प्रधानमन्त्री कार्यालयबाटै खारेज गरिएको चर्चा हुन थालेको छ ।

समाचार स्रोतका अनुसार, भट्टको
सक्रियतामा बडुको संलग्नता बेगर नै प्रधानमन्त्री कार्यालयबाटै नियुक्ति अगाडि मापदण्ड खारेज गरेको बताइए पनि त्यसका बारेमा हालसम्म गुपचुप राखिएको छ । परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका भट्ट निर्वाचनको परिणामपछि कलकत्ता जाने योजनामा छन् ।

निर्वाचनको परिणामपछि पुनः प्रधानमन्त्रीमा देउवा नै दोहोरिने अवस्था आयो भने पीएको रुपमा केही समय कार्यरत रहने उनको दाउ छ । यदि, देउवा दोहोरिने अवस्था नआए उनी कलकत्ता लुसुक्क जाने सुरमा छन् ।

केही समयअघि परराष्ट्र सचिव भरत पौडेलले भट्टलाई कलकत्ता हाजिर हुन जान अनुरोध गरेका थिए । निर्वाचन अघि नै हाजिर हुन जान सुझाएका उनले अहिले कार्यरत उपमहाबाणिज्यदूत तर्कराज भट्टलाई समयअघि नै फर्काइदिने प्रतिबद्धता समेत प्रकट गरेका थिए । तर, जनक भट्टले चुनावी परिणाम हेरेर मात्रै निर्णय लिने भन्दै उनको प्रस्ताव अस्वीकार गरेका थिए ।

तर्कराज तत्कालीन उद्योग मन्त्री लेखराज भट्टका पालामा कलकत्तामा गएका हुन् । उनको कार्यकाल यही मंसिर १९ मा सकिंदैछ । परराष्ट्रमा हाजिर गरे पनि जनक भट्ट प्रधानमन्त्रीको निजी सचिवको रुपमा कार्यरत रही हालीमुहाली गरिरहेका छन् । उनको नियुक्ति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पनि आयुक्त जयबहादुर चन्दको कृपाका कारण कारबाही अगाडि बढ्न नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!