२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सडक विभागले ३ महिनामा पौने ७ अर्ब रकम खर्चियो कारणहरु यस्तो

Logo
प्रकाशित मंगलबार, मंसिर ०६, २०७९


(ABC-Sanchar)
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा सडक विभागले पौने ७ अर्ब रुपैयाँ खर्च गरेको छ । प्रथम त्रैमासिक प्रतिवेदनअनुसार विभागले साउन, भदौ र असोजमा ६ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको हो । कुल ३४ अर्ब ६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य भए पनि विभागले १९.७५ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार प्रथम त्रैमासिक लक्ष्य ९५ किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने थियो । ३८ किमि मात्र कालोपत्रे सडक निर्माण गरिएको छ । त्यस्तै, ग्राभेल स्तरको सडक १३८ किमि निर्माण गर्ने लक्ष्य रहेकोमा ४४ किमि, माटे सडक १८१ किमि निर्माण गर्ने लक्ष्य रहेकोमा ४० किमि र आवधिक मर्मत १२० किमि गर्ने रहेकोमा ९ किमि मात्र भएको सडक विभागले जनाएको छ । ६१ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा ११ वटा मात्र पुल निर्माण भएको छ ।
‘लक्ष्य राखेको मिलेको छैन, साउन र भदौमा पानी धेरै पर्‍यो, त्यसपछि चाडबाड लाग्यो,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले लक्ष्यअनुसार काम हुन सकेन ।’ सडक कालोपत्रे र पुल निर्माणले गर्दा खर्च बढी देखिने उनको भनाइ छ । ‘पुलको काम चिठ्ठि लेखेरै बर्खामा नगर्न भन्छौं, यो बेला कालोपत्रेको काम पनि हुँदैन,’ उनले भने, ‘त्यसैले यसमा कम प्रगती देखिएको हो, बल्ल काम गर्ने समय सुरु भएको छ, अहिले कतै अवरोध नभएकाले निर्माणको कामले गति लिने छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सबैभन्दा बढी बजेट खर्चिनेमा सडक विभाग पर्छ । चालु आवमा सडक विभागका लागि १ खर्ब २२ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!