२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बस दुर्घटना हुँदा नाइजेरियामा ३७ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९

(ABC-Sanchar)
काठमाडौं । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।

बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताएका छन् ।

यसरी बस ठोक्किँदा बसमा आगो लागेको उनले बताएका छन् । बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो ।दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ । सडकमा बस ठोक्किएर निकै परसम्म पुगेको थियो । यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो ।

नाइजेरियामा यस्ता सडक दुर्घटनाहरु प्राय : हुने गरेका बताइन्छ । खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरु हुने गरेका प्रहरीको भनाई छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]