०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा विद्यार्थीहरु आन्दोलनमा उत्रिए

Logo
प्रकाशित बुधबार, मंसिर ०७, २०७९


(ABC-Sanchar)
काठमाडौं । आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो ।

त्यस्तै विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई कलेज तथा डीन कार्यालयले कार्यान्वयन गर्ने र कलेजहरूले परीक्षा शुल्क काटेको रकमबाट सम्पूर्ण खर्च कलेजले नै ब्यहोरेर सञ्चालन गर्ने निर्णय गरेको थियो । आगामी दिनमा डीन कार्यालय र कलेजहरूले वैज्ञानिक रूपमा परीक्षा शुल्क अध्ययन गरी सो बढाउन÷घटाउनुपर्ने भएमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरेको थियो ।
डीनको कार्यालयले जारी गरेको उक्त सूचनाले स्पष्ट जानकारी प्रदान नगरी विद्यार्थीको आवाजलाई मत्थर पार्ने काम भएको विद्यार्थीहरूको आरोप छ ।

आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय मात्र नभइ अन्य विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले समेत मनोमानी शुल्क लिइरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

काठमाडौं । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। यसवीचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो। अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु […]

error: Content is protected !!