०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

डीएसपी राई र इन्स्पेक्टर थापा बने सुपरबेष्ट पुलिस’

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राई र इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिलन थापा प्रदेश १ को ‘सुपरबेष्ट पुलिस’ बनेका छन्।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपी राई र इन्स्पेक्टर थापालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डीएसपी राईले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको तथा इन्स्पेक्टर थापाले झापा दमक–१० का १५ वर्षीय दियुष श्रेष्ठ र उर्लाबारी–८ का ४२ वर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टाछुट्टै घटनाहरूमा अभियुक्तहरूको पहिचान तथा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको जनाइएको छ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!