२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

डीएसपी राई र इन्स्पेक्टर थापा बने सुपरबेष्ट पुलिस’

Logo
प्रकाशित शुक्रबार, मंसिर ०९, २०७९

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राई र इलाका प्रहरी कार्यालय उर्लाबारी, मोरङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मिलन थापा प्रदेश १ को ‘सुपरबेष्ट पुलिस’ बनेका छन्।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले डीएसपी राई र इन्स्पेक्टर थापालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

विभागीय मूल्यमान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्य गरेकाले उनीहरूको कार्यसम्पादन मूल्यांकन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डीएसपी राईले अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको तथा इन्स्पेक्टर थापाले झापा दमक–१० का १५ वर्षीय दियुष श्रेष्ठ र उर्लाबारी–८ का ४२ वर्षीय काजी दर्जीलाई धारिलो हतियार प्रहार गरी मृत्यु भएको छुट्टाछुट्टै घटनाहरूमा अभियुक्तहरूको पहिचान तथा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन सफल भएको जनाइएको छ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्यांकन गर्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नं. प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनोट गर्दै आइरहेको छ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा एक महिनासम्म राखिँदै आइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!