२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

विभिन्न स्थानमा भएको दुर्घटनामा परी सात जनाको मृत्यु

Logo
प्रकाशित शनिबार, मंसिर १०, २०७९

(ABC-Sanchar)
मकवानपुर। हेटौंडा उपमहानगरपालिका
६ गौरिटारस्थित सडकमा ना.४ ख ९००२ नम्बरको बसले बा.९९ प २९८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१८ हर्नामाडी ब्रदर्श चोक बस्ने २८ वर्षीय आशिस ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रमम मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पताल हुँदै थप उपचारको लागि सरकारी अस्पताल भरतपुर रिफर गरिएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता कैलालीको जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.५ प ३९७७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-१ बडहरिया बस्ने ७० वर्षीय छल्लुराम चौधरीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कैलालीको जोशिपुर गाउँपालिका-१ बडहरियास्थित सडकमा से.१ त.४१८० नम्बरको ट्याक्टरले बा.४९ प ३१७९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक टिकापुर नगरपालिका-४ बस्ने ३२ वर्षीय राम कुमार चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता सिरहाको बरियारपट्टी गाउँपालिका-१ नरगीस्थित सडकमा स.२ प ५१३४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३२ वर्षीय शंकर यादवको घटनास्थलमै मृत्यु भएको छ ।

तनहुँको घिरिङ गाउँपालिका-१ जगौलिटारस्थित सडकमा लु.३९ प ५०९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ पुटार बस्ने २२ वर्षीय सुनिल दरैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेतीगंगा अस्पताल बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरा महानगरपालिका-११ रानीपौवास्थित सडकमा ग.१९ प ४०८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत बिहादी गाउँपालिका घर भई पोखरा महानगरपालिका-११ रानीपौवा बस्ने १९ वर्षीय सञ्जय सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज रिफर गरिएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ स्थित सडकमा से.२ त २४७९ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]