०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सिरहामा माओवादी कार्यकर्ताद्धारा गोलबजारमा सडक अवरूद्ध र प्रदर्शन

Logo
प्रकाशित शनिबार, मंसिर १०, २०७९

(ABC-Sanchar)
सिरहा । नेकपा माओवादी केन्द्र कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन्।

सिरहा क्षेत्र नम्बर ३ मा निर्वाचित भएपछि एमालेका लीलानाथ श्रेष्ठसहितको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम् प्रतिद्वन्द्वी माओवादीका विश्वनाथ साहका दाइ शिवनाथ साहको घरमा ढुंगामुढा गरेको विरोधमा गए रातीदेखि माओवादी कार्यकर्ताले सडक अवरूद्ध गरेका छन्।

राती करिब १० बजेपछि प्रहरीले बाटो खुलाएको थियो। एमाले कार्यकर्ताले ढुंगामुढा गर्दै झ्यालको सिसा फुटाउनुका साथै त्यसो नगर्न आग्रह गरेका स्थानीय ४३ वर्षीय श्रीचन साहलाई कुटपिट गरी टाउको फुटाएको माओवादी कार्यकर्ताको आरोप छ।

टाउकोमा चार वटा टाँका लगाइएका साहको अहिले गोलबजारस्थित लाइफ लङ अस्पतालमा उपचार भइरहेको छ।

नवनिर्वाचित सांसद श्रेष्ठले माफी माग्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने प्रदर्शनकारीको माग छ। घटनाको विरोधमा माओवादी कार्यकर्ताहरूले बजारसमेत बन्द गराएका छन्। तथापी गाडीहरू स्कटिङ गरेर पास गराइने गरिएको सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए ।

सडक खुलाउन एमाले, माओवादी र स्थानीय प्रशासनबीच वार्ताको तयारी भइरहको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!