०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

सोमबार मधेश प्रदेशको जिल्लामा सार्वजनिक विदा

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

(ABC-Sanchar)
काठमाडौं । मधेस प्रदेश सरकारले मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

भोलि जानकी मन्दिर परिसरमा सीता–राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । उक्त विवाहमा नेपाल–भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!