२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रोल्पामा जिप दुर्घटना हुँदा ६ जना यात्रुहरु घाइते

Logo
प्रकाशित आइतबार, मंसिर ११, २०७९

 

(ABC-Sanchar)

रोल्पा । त्रिवेणी ६ धारमखोलास्थित बिरुवामा जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार फलफूलका बिरुवा पुर्‍याएर फर्कने क्रममा उक्त जिप शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

धारमखोला माथिका गाउँमा बिरुवा वितरण गरेर लिङदुङतर्फ फर्कँदै गरेको अवस्थामा लु १ च ३३७० नम्बरको पिकअप गाडी धारमखोलामा मोड्ने क्रममा सडकबाट करिब १० मिटरभन्दा तल खसेको थियो । जिप खस्दा चालकसहित दुई पुरुष र चार युवती घाइते भएका थिए । घाइतेलाई उपचारका लागि दाङस्थित अस्पतालमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै उद्धारका लागि जुगारको नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी र स्थानीय खटिएका थिए । चालक त्रिवेणी–४ पुनगाउँका २८ वर्षीय कमल परियारको ढाडमा भित्री चोट लागेको छ । अन्यलाई टाउको, अनुहार, निधारमा चोट लागेको छ ।
जिपमा सवार भएका अवस्थामा घाइते भएकामा रोल्पा नगरपालिका–१० धवाङकी १८ वर्षीया श्यामकली सुनार, प्युठान नौबहिनी गाउँपालिका–८ की २३ वर्षीया सुशीला भण्डारी, प्युठान नौबहिनी–३ खवाङकी २२ वर्षीया बालिका पुन मगर, प्युठान नौबहिनी–८ की २१ वर्षीया बिमला भण्डारी र कैलाली टीकापुर नगरपालिका–१ का २४ वर्षीय नरेशराज गिरी छन् ।

उक्त जिपमा विभिन्न ठेगाना भएका किशोरीहरु किन सवार थिए भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रोल्पामा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उक्त घटनाबारे गम्भीर रुपमा अध्ययन गर्न प्रहरीलाई निर्देशन दिइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!