०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

भूकम्पबाट इन्डोनेसियामा मृत्यु हुनेको संख्या ३२१ पुग्यो

Logo
प्रकाशित सोमबार, मंसिर १२, २०७९


(ABC-Sanchar)
काठमाडौँ । इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ।

उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए।

 

प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले पछिल्लो समय तीन शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२१ पुगेको हो। भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्।

उद्धारकर्ताहरूले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने बताएका छन्। भूकम्पले ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको र ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ।

प्रकोप एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले अर्को हप्ता आपतकालीन उद्धारको अवधि १४ दिनभन्दा बढी विस्तार गर्ने कि नगर्ने भनेर निर्णय लिइने बताए।

सोमबारको भूकम्प सन् २०१८ को भूकम्पपछि द्वीपसमूह राष्ट्रमा सबैभन्दा घातक रहेको जनाइएको छ। सुनामीले सुलावेसी टापुमा चार हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]