२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न

Logo
प्रकाशित मंगलबार, मंसिर १३, २०७९

खुरसेद हजाम मंसिर १३ नवलपरासी
पश्चिम् नवलपरासी सुस्ता ३ फेन्हरा कम्युनिटी इम्प्याक्ट नेपाल’को सहयोगमा निर्मित भवन समुदघाट्न तथा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
पशुपति शिक्षा मन्दिर व्यवस्थापका आयोजनामा ६ कोठा  भवनको कम्युनिटी इम्प्याक्ट नेपालको अध्यक्ष राजेश चौधरीले आनावरण गरि उद्घाटन गनु भएको हो। उक्त हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ।‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष राजेश चौधरीले उत्कृष्ट शिक्षा र समृद्ध समाजको अभियान अन्तर्गत सो भवन निमार्ण गरिएको बताउनुभयो । उहाँले कुनै पनि समाज र राष्ट्र उत्कृष्ट हुनको लागि गुणस्तरिय शिक्षाको आवश्यकता रहने भन्दै सरोकारवाला सबैको पहल कदमी मार्फत उक्त लक्षय हासिल गर्न सकिने बताउनुभयो । उहाँले आफूहरुको संस्थाले प्रतापुर गाउँपालिका अन्तरगत पर्ने टाँइकोटमा पनि पशुपति शिक्षा मन्दिर निमार्ण गर्ने तयारी भएको भन्दै निम्न वर्गका नागरिकहरुको लागि ६० वटा आवास समेत निमार्णको तयारी भइरहेको जानकारी समेत गराउनुभएको छ ।
सुस्ता गाँउपालिका उपाध्यक्ष गिता चौधरीले हाल सुस्ता गाँउपालिका अन्तर्गतको विद्यालयहरुमा निकै कमजोर गुणस्तरको शिक्षा रहेको भन्दै गुणस्तरिय शिक्षाको लागि पछिल्लो समय गाँउपालिकाले प्रयास गर्दै आएको बताउनुभयो ।उहाँले ‘कम्युनिटी इम्प्याक्ट नेपाल’का अध्यक्ष प्रतापपुर ९ बेलाटारी निवासी राजेश चौधरीको विशेष पहलमा उक्त विद्यालयको भवन निमार्ण भएकोले राजेश चौधरीलाई धन्यवाद व्यक्त गर्दै विद्यालयमा आवश्यक अन्य भौतिक पुर्वाधारको काम गाँउपालिकाले नै गरिदिने बताउनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब अफ काठमाडौं मिडटाउनका अध्यक्ष डा. निर्मल प्रसाद रिजालले रोटरी क्लबको सिद्धान्त आफ्नो स्वार्थ भन्दा माथी उठेर सेवा गर्ने रहेको भन्दै शिक्षा प्रदान गर्ने सवालमा कुनै पनि भेदभाव हुन नहुने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रममा पशुपति शिक्षा प्रचार समितिका केन्द्रिय गुठीयार सत्यदेव पाण्डेले उक्त विद्यालय भवन निमार्ण गर्ने संस्थाका पदाधिकारीहरुलाई इश्वरले देवदुतको रुपमा पठाएको आफूलाई महसुस भएको बताउनुभएको थियो ।
उहाँले पशुपति शिक्षा मन्दिरका विद्यार्थीहरुले राम्रो अंक ल्याएर उत्तिर्ण हुने गरेको भन्दै ति विद्यालयहरुमा स्वभावलम्बन र राष्ट्रभक्तिको शिक्षा प्रदान गरिने गरेको बताउनु भयो ।
उक्त ७ कोठे भवन शौचालय तथा सिमा पर्खाल निमार्ण गर्न कुल ६० लाख लागत लागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!