ABC (क्राईमबिट)
काठमाडौं । उपत्यका प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीले पदभार ग्रहण गरेका छन् ।
सरकारले एआईजी रवीन्द्रबहादुर धानुक गत २४ कार्तिकबाट अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा एआईजी लोहनीलाई बुधबार काज सरुवा गर्ने निर्णय गरेको थियो ।
एआईजी लोहनीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन् ।