२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा स्कुल कलेजका सवारी चालकलाई ट्राफिक नियम सिकाउदै ट्राफिक प्रमुख : झबिन्द्र

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९


(सागर थापा)
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक नियम सम्बन्धी चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण स्कुल/कलेजका सवारी साधनका चालक तथा सहचालकहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसर भित्र एक कार्यक्रमको आयोजना गरि सवारी दुर्घटना हुनका मुख्य कारणहरू न्युनिकरणका उपायहरू, सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरू, स्कुल/कलेजका बिद्यार्थिहरूलाई चढाउँदा /ओराल्दा ध्यान दिनु पर्ने

कुराहरू बिद्यार्थी तथा अभिभाबकहरूसंगको ब्यबहार तथा ट्राफिक नियम सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

दाङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारका अनुसार ट्राफिक नियमहरु भनेको के हो, विभिन्न ट्राफिक संकेतहरुका बारेमा साथै सडकमा दुर्घटनाहरु किन हुन्छ्न र यस्ता दुर्घटनाको निबारण कसरी गर्न सकिन्छ भन्ने बारे जानकारी गराईएको दाङ जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक परियारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]