२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

महेन्द्र माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष मा अनोज यादव चयन

Logo
प्रकाशित बुधबार, पुष २०, २०७९


नवलपरासी / १९ पुस । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्ष मा अनोज यादव चयन ।

मंगलबार विद्यालयले अभिभावक भेला आयोजन गरि नयाँ विधालय व्यवस्थापन समिती चयन गरेको छ उक्त बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव सहित ९ जना पदाधिकारी चयन गरिएको महेन्द्र माध्यमिक बिद्यालय साेमनीका प्र.अ अजय प्रसाद शर्माले जानकारी दिनुभएको छ । विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

अन्य पदाधिकारीमा सदस्यहरु रेखा काेहार ,बुधिया देवी चाैधरी ,लालचन पासि ,कलावति देबी हरिजन , गाैतम कहार , पदेन सदस्य वडा नम्बर ३ वडा अध्यक्ष ऋषिदेव दास पटेल , शिक्षक प्रतिनिधि याेगेन्द्र प्रसाद बानियाँ तथा सदस्य सचिव विद्यालयका प्र.अ अजय प्रसाद शर्मा रहनुभएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन हुनभएकाे यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्दै शैक्षिक बिकास अाजकाे अावश्यकता रहेकाेले यश विद्यालयलाई नमुना बनाउने याेजना सहित अगाडि बढ्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!