२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न सशस्त्र आईजिपी अर्यालको निर्देशन

Logo
प्रकाशित सोमबार, पुष २५, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई पेशागत जिम्मेवारीमा रहि ईमान्दारिताकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १४ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको पौष २५ गते अन्तिम प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो निर्देशन दिनुभएको हो ।
महानिरीक्षक अर्यालले राज्यले सुम्पिएको जिम्मेवारी पुरा गर्नु हामी सबैको दायित्व रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आफ्नो जिम्मेवारीको क्षेत्रहरुमा खटिदा राष्ट्र र नागरिकले अपेक्षा लिए अनुरुपको कार्यसम्पादन गरी संगठनको लक्ष्य प्राप्तीतर्फ लाग्नुपर्ने बताउनुभयो ।
उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई उच्च अनुशासित र ईमान्दार भई जिम्मेवारी पुरा गर्न कुनै पनि हालतमा विचलित नभई कार्यक्षेत्रमा परिस्थिती अनुसार देश र जनताको सेवा, सुरक्षा तथा आपत विपद्मा परेकाहरुको उद्धार कार्यमा लाग्नुपर्ने बताउनुहुँदै प्रतिष्पर्धात्मक युगमा समयसापेक्ष आफूलाई परिवर्तन गरी एउटा कर्तव्यनिष्ठ अधिकृतको रुपमा उभ्याउँदै सदैव मुलुक र मुलुकवासीको सेवामा समर्पित रहन निर्देशन दिनुभयो ।
महानिरीक्षक अर्यालले कार्यक्षेत्रमा आईपर्नेे जस्तोसुकै चुनौतीहरुलाई सामना गर्दा चेनअफ कमाण्डमा रहि कार्य गर्नुपर्ने बताउनुहुँदै संगठनको कार्यादेश अनुरुप विभिन्न दर्जागत तहमा तालिम संचालन गरी संगठनलाई प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्नुकासाथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा कुशलतापूर्वक कार्यसम्पादन बहन गर्नसक्ने सक्षम एवं पेशागत दक्ष जनशक्ति उत्पादनको लक्ष्य लिई तालिमहरु संचालन गर्दै आईरहको बताउनुभयो ।
सशस्त्र प्रहरीको विभिन्न तहमा भर्ना भई लामो समय जुनियर अधिकृतमा रहेर सेवा प्रदान गरी बढुवा भएका सिनियर अधिकृतहरुको जिम्मेवारी सहजताकासाथ बहन गर्न सकियोस् भन्ने अभिप्रायले संचालन गरिएको यस तालिमले कार्यक्षेत्रमा देखिने सुरक्षा चुनौती र प्रतिकुलताहरु चिर्न सफल हुने र संगठनले लिएको अपेक्षालाई कटिबद्ध भएर पुरा गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । १२ हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र नायव निरीक्षकबाट बढुवा भएका १ सय जना सशस्त्र प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।
उक्त तालिममा हतियार, कवाज, फिल्ड क्राफ्ट, व्याटल क्राफ्ट, अपराध अनुसन्धान, व्यवस्थापन लगायतका विषयवस्तुमा लेक्चर, छलफल, शोधपत्र तथा बाहिरी अभ्यासको विधिबाट सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,चन्द्र प्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]