२६ आषाढ २०८३, शुक्रबार
10-07-2026 , Fri
×

१६ लाखसहित भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित बुधबार, पुष २७, २०७९

जनकपुरधाम । धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।प्रहरीले स्कुटरको डिक्कीभित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७४८ वटा, ५ सय दरको नोट १ हजार ६४४ वटा, एक सय दरको नोट २६० वटा, ५० दरको नोट ८० वटा गरी १६ लाख बरामद गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]

काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]

नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]

error: Content is protected !!