०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

काठमाडौं प्रहरीले टिकटक लाइभबाट जुवा खेलाउने ४ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, पुष २९, २०७९


ABC (क्राईमबिट) काठमाडौं । टिकटक लाइभमार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङको राप्ती गाउँपालिका–३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट, भक्तपर सूर्यविनायक नगरपालिका–१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट पक्राउ गरेको छ ।

त्यस्तै भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ का २१ वर्षका प्रेम कठायत र कैलालीको गौरीगंगा नगरपालिका–६ भई भक्तपुरको थिमी बस्ने २० वर्षका डिल्लीराज अवस्थीलाई भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो ।

उनीहरुले टिकटक लाइभमा जुवा खेलाई आफ्नो ईसेवा खाातामा रकम जम्मा गर्न लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनीहरुबाट प्रहरीले जुवा खेलाउन प्रयोग गरेको तास पनि बरामद गरेको छ ।

पक्राउ परेका ऋषिप्रकाश योगीले पब्जी र पब्जी २ नाममा टिकटक आईडीमा लाइभमा जुवा खेलाउने र उनले आफ्ना दुईवटा ईसेवाको खातामा पैसा हाल्न लगाउने गरेको प्रहरीले जनाएको छ । उनको खातामा १० दिन अवधिमा २८ लाख ७३ हजार ३५४ रुपैयाको कारोबार देखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]