०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना सक्कली प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, माघ ०४, २०७९

ABC (क्राईमबिट) महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । वर्दिबास नगरपालिका वडा नं. ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जंगलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाइ लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिबास-१४ बस्ने २२ वर्षीय निरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दिप लामा, २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका शैलेन्द्र राउत र धनुषा जनकपुर उप-महानगरपालिका ७ जिरोमाईल बस्ने १९ वर्षीय दिपक राउत छन ।

पिडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जंगलमा पुर्‍याएर सिआइडीको वहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ । ‘मलाइ उनिहरुले हात९हातमा लठ्ठी लिएर चारैतिरवाट घेरा हालेु, पिडित महतोले भने, ‘उनिहरुले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रवाट चोरी भएका मोटरसाइकलको मुद्दा समेत लगाउने त्रास समेत देखाएको पिडित महतोले बताएका छन ।

चोरी भएका मोटरसाइकल बिषयमा माथी खवर नगरी छाडने र त्यस्को वदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनिहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउदा उनिहरु फरार भएको पिडित महतोले प्रहरीलाइ बयान दिएका छन । उनिहरुले महतोको साथवाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाइ उजुरी दिएको प्रहरीले जनाएको छ ।

उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाइ बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँवाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

आरोपित ६ जनालाइ नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरि हिरासतमा नै राखेर अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ । बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!