०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

कार्यालयमा चोरी गरेको आरोपमा एक किशोर पक्राउ

Logo
प्रकाशित शनिबार, माघ ०७, २०७९

पहिले आफैंले काम गरेको कार्यालयबाट नगद चोरी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका वडा नं. ४ मा घर भइ घोराही-१५ काठेकोहलमा डेरी गरी बस्ने १८ वर्षीय रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार माघ ५ गते घोराही–१५ स्थित ग्लोबल ओरेन्स नेपालमा चोरी भएको थियो। उक्त कार्यालयको बिक्री कक्षको दराज फोडेर एक लाख ९१ हजार नगद चोरी भएको निवेदन प्रहरी कार्यालयमा परेको थियो।

निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कार्यालयकै पूर्व सहयोगी कर्मचारी चौधरीमाथि शंका लागेर उनको डेरामा प्रहरी पुगेको थियो। उक्त डेराबाट एक लाख ८८ हजार रुपैयाँ फेला परेको डिएसपी गौतमले बताए।

स्थानीयसँग सोधपुछ र अनुसन्धान गर्ने क्रममा केहीले चौधरी माथि विगतका गतिविधिका कारण आशंका गरेपछि प्रहरी उनको कोठामा तलासी गर्न गएको डिएसपी गौतमले जानकारी दिए।

चोरी सम्बन्धी मुद्दा चलाएर चौधरीमाथि थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!