१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या भएको छ। पुस २७ गते घरबाट निस्केका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साहको आइतबार बिहान भारतको सीतामढी जिल्लाको बेला थानाअन्तर्गतको पर्सा गाउँमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको थप अनुसन्धान भइरहेको छ।  प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले युवाहरूको अपहरणपछि हत्या गरेको खुलेको छ।

घटनास्थलमा मृतक युवाका आफन्त लिएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको डीएसपी क्षेत्रीले बताए। घटनामा संलग्न रहेकाे आरोपमा धनुषामा दुई र भारतमा तीन जना पक्राउ परेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!