०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या भएको छ। पुस २७ गते घरबाट निस्केका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साहको आइतबार बिहान भारतको सीतामढी जिल्लाको बेला थानाअन्तर्गतको पर्सा गाउँमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको थप अनुसन्धान भइरहेको छ।  प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले युवाहरूको अपहरणपछि हत्या गरेको खुलेको छ।

घटनास्थलमा मृतक युवाका आफन्त लिएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको डीएसपी क्षेत्रीले बताए। घटनामा संलग्न रहेकाे आरोपमा धनुषामा दुई र भारतमा तीन जना पक्राउ परेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!