२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

तास खेलिरहेका चारजना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ ०८, २०७९

भक्तपुर । भक्तपुरमा बसभित्र तास खेलिरहेका चारजना पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको शैलुङ्गेश्वरदेखि काठमाडौं चल्ने बा ३ ख ३६५६ नम्वरको बसभित्र तास खेलिरहेको उनीहरुलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसका प्रमुख एसपी प्रजित केसीका अनुसार उनीहरुको साथबाट ७१ ह्जार नगद र एक बुक तास बरामद गरिएको हो । उनीहरुलाई अहिले नियन्त्रणमा लिई परिसरमा ल्याउने काम भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पहिलोपटक यति ठुलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्शसहितको स्वास्थ्यकर्मिको टाेलिले बुधबार एक जना बिरामिको ब्रेन ट्युमरको अप्रेसन गरेको हो । बिरामीको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम […]

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । उनले […]

  काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाडौँले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ । परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँ प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद शान्ति सुरक्षा कायम गर्न […]

error: Content is protected !!