२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सेटिङको दुनियाँमा फेरि सेटिङ सिडिओ सरुवामा पनि सेटिङ

Logo
प्रकाशित मंगलबार, माघ १०, २०७९

काठमाडौं । गृह मन्त्रालयले गत साता गरेको करिब चार दर्जन जिल्लाका सिडिओको सरुवामा सेटिङ भएको आरोप लागेको छ । यसअघि राम्रो काम गर्न नसकेकालाई नै फेरि सिडिओमा खटाएर पुरस्कृत गरिएको छ ।

सुनसरीमा तस्करीको लाइन चलाएको आरोप लागेका इन्द्रदेव यादबलाई सर्लाहीमा पठाइएको छ । घुसकाण्डमा परेका लालबाबु कवारीलाई गोरखाको सिडिओ बनाइएको छ ।दोलखामा शान्तिपूर्वक निर्वाचन गराउन नसकेका भोजराज खतिवडालाई सिराहाको सिडिओ बनाएर पुरस्कृत गरेपछि गृहका कर्मचारीहरु चकित भएका छन् । कपिलवस्तुमा चुनावको बेला तस्करीको लाइन खोलेका धर्मेन्द्र मिश्रलाई रौतहटको सिडिओ बनाइएको छ ।

काभ्रेमा अवैैध क्रसरलाई संंरक्षण गरेकी हुमकला पाण्डे पनि पुरस्कृत भएर सुनसरीको सिडिओ भएकी छिन् । मोरङमा राम्रो काम गर्न नसकेका काशीराज दाहाललाई अर्काे महत्वपूर्ण जिल्ला धनुषामा खटाइएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागभित्र अनियमितताको आरोप लागेका तिर्थराज भट्टराई मोरङको सिडिओ बनेका छन् । उनी यसअघि भ्रष्टाचारमा परेका कर्मचारी हुन् । मन्त्रालयकै शिवराज पोखरेलले झापाको सिडिओले झापा पाउदा अर्का क्षमतावान सहसचिव भिष्मराज भुषालले यसपटक पनि सिडिओ हुने अवसर पाएनन् ।

विपिन आचार्य सेटिङकै आधारमा बाँके पुगेका छन् । कैलालीमा राम्रो काम गर्न नसकेका किरण थापा नुवाकोटमा सिडिओको जिम्मेवारी पाएका छन् । एयरपोर्टमा हुँदा भिजिट भिसाको सेटिङमा मुछिएका सुशील बैद्यलाई दाङको सिडिओ बनाइएको छ ।

धेरै जसो सिडिओको सेटिङमा सरुवा भएको स्रोत बताउँछ । सरुवाको सूची गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत दीपक बोहरा र गोकर्ण उपाध्यायले बनाएका हुन् । सरुवामा गृहसचिव विनोदप्रकाश सिंहले पनि केही खराब आचरण भएका सिडिओलाई पुरस्कृत गरेका छन् ।

यता प्रहरीको सरुवा पनि सेटिङकै कारण अवरुद्ध हुन पुगेको छ । डिआइजी र एसएसपी सरुवामा गृहमन्त्री लामिछानेले ठूलो चासो राखेका थिएनन् । तर, एसपी र डिएसपी सरुवामा गृहमन्त्री र प्रहरी महानिरीक्षकबीच टक्कर पर्न थालेको स्रोत बताउँछ ।

एसपीसम्मको सरुवा अधिकार आइजिपीलाई भए पनि विगतका मन्त्रीजस्तै गृहमन्त्रीले हस्तक्षेप गर्न थालिसकेका छन् । प्रहरी अधिकारी पनि गृहमन्त्री निकट बिचौलियालाई भेटेर सरुवामा चलखेल गरिरहेका छन् ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]