३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

नि:शुल्क प्रहरी सेवा नागरिक मैत्री प्रहरी, तस्करी नियन्त्रण शुन्य पार्न डिआईजी राईको निर्देशन

Logo
प्रकाशित शुक्रबार, माघ १३, २०७९


(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङको आयोजनामा माघ १२ गते दाङ लमहीमा शान्ति सुरक्षा तथा बर्तमान अवस्थाको प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल,नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु १२ गरी १७ प्रहरी कार्यालयहरुले आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी टेक प्रसाद राईले नि:शुल्क प्रहरी सेवा, नागरिक मैत्री प्रहरी, सम्बृद्धि सहितको सुशासन, तस्करी नियन्त्रण भष्ट्राचारमा शुन्य सहनशिलता लगायतका विषयहरुलाई प्राथमिकतामा राखी सुधार गर्नका लागि आवश्यक सुझाव सहितको निर्देशन दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]