२८ साउन २०८२, बुधबार
13-08-2025 , Wed
×

गीतकार एवं इन्स्पेक्टर भूपेन्द्र बुढाथोकीले सिल्भर बटन पाए युट्युबमा दामभन्दा नामको लागि

Logo
प्रकाशित सोमबार, माघ १६, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । प्रहरी निरीक्षक तथा गीतकार भूपेन्द्र बुढाथोकी मानिस अमर नभएपनि उसका गीतसंगीत सधैँ रहिरहने बताउँछन् । आफ्नो भूपेन्द्र बुढाथोकी युट्युब च्यानलको सस्क्राइबर एक लाख पुगेर सिल्भर प्ले बटन प्राप्त गरेका खुसी शेयर गर्दै सामाजिक संजालमा यो विचार राखेका हुन् ।

उनले आफ्नै नामबाट यो युट्युब पैसा कमाउन खोलेको भने होइन । नाम कमाउने, गीत सधैँ रहने उद्देश्यले युट्युब बनाएका हुन् । यसबाट उनले अहिलेसम्म केही पैसा पनि प्राप्त गरेका छैनन् । तर सस्क्राइबर भने एक लाख पुगेको छ । गीत बाहेक अन्य भिडियो समेत उनले युट्युबमा राखेको छैन । पेसा अर्कै भएकोले मानिसबाट नेगेटिभ कुरा आउने डरले आफूले गीत बाहेकको अन्य भिडियो युट्युबमा नराखेको सुनाए ।

एक लाख सस्क्राइबरको खुसीमा उनले लेखेका छन्, ‘यो मेरो प्रोफेसन त होइन, म एउटा राष्ट्र सेवक कर्मचारी प्रहरी इन्स्पेक्टर भएता पनि मैले फुर्सदमा लेख्ने गरेका मेरा केही गीतहरू जसमा मैले राष्ट्रिय अवार्ड समेत पाउन सफल भए । आफ्नै नामको युट्युब च्यानल एकलाख सस्क्राइबर समेत पाउन सफल भए । आफ्नै नामको भूपेन्द्र बुढाथोकी युट्युब च्यानल एकलाख सस्क्राइबर पुगेको हुँदा आज युट्युबको तर्फबाट यो सिल्भर प्ले बटन अवार्ड पाउनसफल भएको छु । कोही पनि मान्छे महर हुँदैन । तर आफूले रचेका गीतसंगीत सधैँ ररिरहने छन् ।’

किन लेख्छन् गीत भूपेन्द्र ?

भूपेन्द्र फुर्सदको समय गीत लेख्ने गर्छन् । गीत लेख्दा उनलाई खुसी मिल्ने गर्छ । आफूले लेखेको गीत रेकर्ड गरेर युट्युबमा ल्याउँछन् । एउटा गीत युट्युबमा ल्याउँदासम्म रेकडिङदेखि विभिन्न खर्च छन् । उनी भने थोरै पैसामा साथीभाइ, चिनजानको सरसहयोगमा गीत ल्याउने गर्दछन् ।

‘हामी नेपाल प्रहरी’ बोलको गीतबाट लेखन सुरु गरेका उनको आफ्नो च्यानलमा आएको पहिलो गीत भने ‘फुल भनौँ जिन्दगीलाई’ हो । त्यसपछि उनका ‘अब खुसी’, ‘डाडापारी मेरो माया’, ‘मुटु टुड्दा’ र ‘धोका माथि धोका’ गरेर ६, ७ वटा गीत सार्वजनिक भएको छ ।

डिआइजी टेकबहादुर तामाङको गीत लेखनबाट प्रभावित भएर लेखन थालेका उनी आफ्नो प्रेरणाका श्रोत पनि तामाङलाई मान्छन् । सानोमा गजल, कविता लेख्ने उनले २०७३ मा असईबाट प्रहरी सेवा सुरु गरेका हुन् । शो क्रममा उनले ‘हामी नेपाल प्रहरी’ बोलको पहिलो गीत लेखेका थिए । अहिले उनी प्रहरी निरीक्षकको रुपमा मुगुमा कार्यरत छन् ।

उनले गीत लेखनबाट केही गीतसंगीतका अवार्ड समेत प्राप्त गरेका छन् । ‘फुल भनौँ जिन्दगीलाई’ गीतबाट पहिलो अवार्ड पाएका उनले गायक प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ भन्ने गीतबाट गीतबाट दोस्रो अवार्ड बुझेका थिए । उनी एक वर्ष, ६ महिनामा नयाँ गीत ल्याउँछन् । युट्युबमा गीत पैसा भन्दा पनि नाम र गीत सधैँका लागि रहने उद्देश्यले ल्याउने गरेको सुनाए । ‘कतिले तपाईँको च्यानलबाट मेरो गीत पनि हाल्नु पर्‍यो भनेर भन्छन्’, बुढाथोकीले भने ‘यो मेरो नामको च्यानल भएकोले आफ्नो मात्र राख्छु भनेर बुझाउँछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले न्यायालयलाई कसरी विश्वास गरौँ भन्दै प्रश्न गरेकी हुन्। ‘सम्माननीय प्रधान न्यायाधीश ज्यू, अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाऊँ ? हाम्रो मुद्दाको हरेक बहसमा सरकारी पक्ष नाजवाफ हुन्छ। तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन। इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्षले […]

काठमाडौँ । गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा ३८ […]

चियाको सेवन गर्नु फाइदा बेफाइदाहरु काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार […]

error: Content is protected !!