२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

खुरसेद हजाम ,नवलपरासी २४ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ६ गूठी प्रसौनीमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक विकास मन्चकाे आयोजनामा र युनाईटेड मिसन टु नेपाल को सहयोग तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ स्थित माउन्ट एभरेस्ट युवा क्लबको सहकार्यमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हाे ।

क्लबका अध्यक्ष अमर यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अधिकारीले नयाँ पुस्ताका युवाहरु लागू पदार्थ जस्ता दुर्व्यसनकाे सिकार हुदै गएको बताए । छिमेकी देश भारतकाे सिमा पारिबाट लागू पदार्थ दुर्व्यसन जस्ता विभिन्न किसिमका नशालु पदार्थ नेपाल भित्र्याएर आफू र आफू मातहतका युवाहरुलाई समेत लागू पदार्थ सेवन गर्न बाध्य बनाएर युवाहरूलाई त्यस्ता गैरकानुनी कार्य र सेवनकाे सिकार समेत गराएको पाईएकाे छ । त्यस्ता दुर्व्यसनकाे सिकार हुनबाट युवाहरू लाई परिचालन गरि विभिन्न किसिमका सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत गराउन सहयोग पुर्‍याउने इन्द्रेणी सामाजिक विकास मन्च र युनाईटेड मिसन टु नेपाल तथा माउन्ट एभरेस्ट युवा क्लबका सम्पूर्ण सदस्य तथा सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा क्लब का ४७ सदस्यहरु, आयुर्वेदिक शाखा प्रमुख, दिन बन्धु मिश्र ,गुठी प्रसौनी चौकी प्रमुख लगाएत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सम्पन्न पस्चात क्लबका ४७ सदस्यहरु बाट लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना र्यालि निकालिएकाे थिए उक्त र्यालिमा लागू पदार्थ खान्छौ जानी नजानी शरीरमा गर्छ एसले हानी मुख नारा का साथ गूठी प्रसौनी गाउँ मा र्याली निकालिएकाे थिए ।

अतिथी माउन्ट एभरेस्ट युवा क्लब उपाध्यक्षले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र अरु कार्यक्रमहरुलाई पनि अभियानको रुपमा यहाहरु संग सहकार्य गरि सञ्चालन गर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!