१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न

Logo
प्रकाशित मंगलबार, माघ २४, २०७९

खुरसेद हजाम ,नवलपरासी २४ माघ

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न ६ गूठी प्रसौनीमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

इन्द्रेणी सामाजिक विकास मन्चकाे आयोजनामा र युनाईटेड मिसन टु नेपाल को सहयोग तथा प्रतापपुर गाउँपालिका वडा नम्बर ६ स्थित माउन्ट एभरेस्ट युवा क्लबको सहकार्यमा लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हाे ।

क्लबका अध्यक्ष अमर यादवको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा न ६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै प्रमुख अतिथि अधिकारीले नयाँ पुस्ताका युवाहरु लागू पदार्थ जस्ता दुर्व्यसनकाे सिकार हुदै गएको बताए । छिमेकी देश भारतकाे सिमा पारिबाट लागू पदार्थ दुर्व्यसन जस्ता विभिन्न किसिमका नशालु पदार्थ नेपाल भित्र्याएर आफू र आफू मातहतका युवाहरुलाई समेत लागू पदार्थ सेवन गर्न बाध्य बनाएर युवाहरूलाई त्यस्ता गैरकानुनी कार्य र सेवनकाे सिकार समेत गराएको पाईएकाे छ । त्यस्ता दुर्व्यसनकाे सिकार हुनबाट युवाहरू लाई परिचालन गरि विभिन्न किसिमका सचेतना मुलुक कार्यक्रम सञ्चालन गरेर समाजलाई सचेत गराउन सहयोग पुर्‍याउने इन्द्रेणी सामाजिक विकास मन्च र युनाईटेड मिसन टु नेपाल तथा माउन्ट एभरेस्ट युवा क्लबका सम्पूर्ण सदस्य तथा सहयोगी हातहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा क्लब का ४७ सदस्यहरु, आयुर्वेदिक शाखा प्रमुख, दिन बन्धु मिश्र ,गुठी प्रसौनी चौकी प्रमुख लगाएत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो । कार्यक्रम सम्पन्न पस्चात क्लबका ४७ सदस्यहरु बाट लागु पदार्थ ओसारपसार तथा दुर्व्यसन विरुद्ध सचेतना र्यालि निकालिएकाे थिए उक्त र्यालिमा लागू पदार्थ खान्छौ जानी नजानी शरीरमा गर्छ एसले हानी मुख नारा का साथ गूठी प्रसौनी गाउँ मा र्याली निकालिएकाे थिए ।

अतिथी माउन्ट एभरेस्ट युवा क्लब उपाध्यक्षले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने र अरु कार्यक्रमहरुलाई पनि अभियानको रुपमा यहाहरु संग सहकार्य गरि सञ्चालन गर्ने बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!