३० साउन २०८२, शुक्रबार
15-08-2025 , Fri
×

जिल्लाको कमाण्ड सम्हाल्ने ९ जना महिला सिडियोहरु

Logo
प्रकाशित बुधबार, माघ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौ । प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, पहिल्लो समय जिल्ला हाँक्ने महिलाको संख्या बढ्दै गइरहेको छ ।

यसअघि सानो संख्यामा महिला सीडीओले जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाए पनि यसपटक भने देशका विभिन्न जिल्लामा एकैपटक ९ महिला सीडीओ खटिएका छन् ।

गृह मन्त्रालयले ताप्लेजुङ, धनकुटा, मनाङ, सुनसरी, सिन्धुली, बाग्लुङ, अर्घाखाँची, ओखलढुंगा र डोटीमा पहिलोपटक महिला सीडीओ खटाएको हो ।

एकैपटक ९ जना महिला सहसचिव र उपसचिवले पहिलोपटक जिल्लाको कमाण्ड सम्हाल्ने मौका पाएको गृह प्रवक्ता जितेन्द्र बस्नेतले बताए । उनका अनुसार मापदण्ड पुगेका र सक्षम महिलालाई सीडीओ बनाइएको हो ।

ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्यालले जिल्लाको कमाण्ड सम्हालेका छन् ।

त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् ।
नेपालमा पहिलोपटक उषा नेपाल महिला सीडीओ बनेका थिए । उनी ०४७ सालमै पहिलोपटक भक्तपुरको महिला सिडिओ बनेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई केन्द्रमा तान्ने तयारी काठमाडौं । बुधबार साउन २८ गृह मन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई केन्द्रमा तानेको थियो । लगत्तै प्रहरी प्रधान कार्यालयले पनि एसपी राणालाई केन्द्र बोलाउने तयारी गरेको हो । गृहको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले एसपी राणालाई तान्न लागेको जनाइएको छ । गएको शुक्रबार (साउन […]

दाङ । नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको प्रथम प्रदेश अधिवेशन बाट प्रदेश उपाध्यक्ष पदमा मलाई सर्वसहमत निर्वाचित गराउनको लागि पहल गर्नुहुने नेपाली कांग्रेस का मेरा अभिभावक नेतागणहरू नेपाल किसान महासंघका सम्पूर्ण निकायका कार्यसमितिका साथिहरू नेपाली कांग्रेस केन्द्र देखी इकाई कमिटी सम्मका मेरा अग्रज एवं साथीहरू नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि साथीहरू र मलाई विभिन्न […]

मेष – गृहकार्य तथा पारिवारिक दायित्व पूरा गर्न संयमता आवश्यक छ। असावधानीले क्षति गराउन सक्छ । वृष – स्वास्थ्य अनुकूल रहनेछ। अप्रत्याशित लाभका सम्भावना छन्, जसले आर्थिक पक्ष सुदृढ पार्नेछ। मिथुन – साहित्य, कला वा सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। पुराना मित्रसँग स्नेहिल भेटघाट हुनसक्छ। कर्कट – मन प्रशन्न रहनेछ, जीवनका सुखद क्षणहरूको अनुभव गर्न पाउनुहुनेछ। […]

error: Content is protected !!