०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डाै दाङ उडान सुरु गर्ने

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


(केभी निस्चयल)
दाङ । माघ २५ गते बुधवारदेखि हवाई सेवा दिने जनाएको सीता एअरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको हाे । यसअघि काठमाण्डाै–दाङ हवाई सेवा नेपाल वायु सेवा निगमले दिँदै आएको छ । यसअघि सीता एअरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो।

सीता एअरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एअरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो । तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!