०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बसमा समानहरु तस्करी गरेको आरोपमा झापाबाट बस सशस्त्र प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९


ABC (क्राईमबिट)
झापा । फल्स बटम बनाएर सामान तस्करी गरेको आरोपमा सशस्त्र प्रहरी बलले झापाबाट यात्रुवाहक बसलाई नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका–१० निन्दापुलस्थित पूर्व पश्चिम लोक मार्गमा काँकडभिट्टाबाट विराटनगर जाँदै गरेको मे १ ख २७३९ नम्बरको बसलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए । फल्स बटन बनाई भन्सार छलेर ल्याएको जुत्ता, चप्पल, खाद्यान्न सामग्री, विविध पेय पदार्थ र तामाका भाँडा सशस्त्रले बरामद गरेको छ । करिब २ लाख ५० हजार मूल्य बराबरको सामान बरामद गरेर कानुनी कारबाही गर्न मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको एसएसपी थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नम्बर–२ हेडक्वार्टर भद्रपुरबाट खटिएको टोलीले सो बस नियन्त्रणमा लिएको हो । सार्वजनिक बसको अगाडी र पछाडि चक्काको बीचमा फल्स बटम बनाएर तस्करी गरेको भेटिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!