३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ २७, २०७९

(महेन्द्र सिंह )                                                              अबुधाबीमा     माघ २४ देखि २६ गतेसम्म सञ्चालन भएको इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलन बिहीबार सम्पन्न भएको छ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत उक्त सम्मेलनमा सहभागी भएका थिए।

त्रिदिवसीय उक्त सम्मेलनमा एशियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधिमण्डल तथा विभिन्न सरोकारवाला निकायहरूबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवादजस्ता अन्तरदेशीय अपराधहरूको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वयलगायतका विषयहरूमा बृहत् छलफल भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!