२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आईजिपीको कार्यकाल पूरा नहुँदै अर्को आईजिपी नियुक्त गर्न चलखेल सुरु

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९


ABC (क्राईमबिट)                                                    काठमाडौं । निजामती सेवामा ३० वर्षे व्यवस्था छैन । जंगीतर्फ, सेनामा छैन । संसारका अन्य देशमा पनि फेला परेन् । नेपालमा र प्रहरीलाई मात्र यो असमानता किन ? अर्कोतर्फ, विगतमा खरदार, सुब्बा, शिक्षक, बैंक कर्मचारी लगायत अन्य निजामति, शिक्षा, स्वास्थ्य, न्याय लगायतका क्षेत्रमा कार्यरत रही प्रहरीमा सेवा प्रवेश गर्ने व्यक्तिहरुको हकमा उक्त पूर्व सेवा अवधि ३० वर्षे सेवा अवधि जोडिदैन । तर, प्रहरीकै तल्ला तहमा काम गरेका कर्मचारीको हकमा चाँहि पूर्व सेवा अवधि जोडिन्छ । अन्य सेवामा नोकरी खाएर आउनेको हकमा नजोडिने तर आफ्नै संस्थामा सेवा गरेकाको हकमा स्वतस् जोडिने हुनाले ३० वर्षे व्यवस्था असमानता र विभेदकारी हुन पुगेको छ । कर्मचारीलाई तलब खुवाउन समस्या हुने अवस्था छ । सुरक्षा निकायमा ३० वर्षे सेवाहदका कारण एकातर्फ पेन्सनको भार बढेको छ भने अर्काेतर्फ अनुभवी सुरक्षाकर्मीलाई राज्यले छिट्टै गुमाउनुपर्ने अवस्था छ । अर्थतन्त्रको अवस्था र सुरक्षा निकायमा प्रहरीको मनोबल बढाउनका लागि सेवाहद हटाउनु अनिवार्य देखिएको छ ।

प्रहरीमा ३० वर्षे सेवाअवधि रहँदा राज्यलाई अर्बौं रुपैयाँ आर्थिक भार परेको भन्दै यसलाई विगतमा पनि हटाउन खोजिएको थियो। हाल ३० वर्षे सीमा भएकाले कतिपय ४८ देखि ५३ वर्षमा अवकाश लिने कर्मचारीलाई ५८ वर्षसम्म कार्यरत रहेसरह पेन्सन दिनुपरेपछि राज्यलाई आर्थिक भार परेको हो। नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटे राज्यलाई आर्थिक भार कम हुने सुरक्षा विज्ञहरूको भनाइ छ। विगतमा सेवाहद हटाउने र हटाउन नहुने पक्षबीचको संघर्षका कारण संगठनमाथिको विभेद हट्न सकेको थिएन । अहिले सेवाहद हटाउन प्रहरीमा एकमत रहेकाले पनि सेवाहद हट्ने र अवकाशको उमेर, पदावधि लगायत विषयमा संशोधन हुने सम्भावना छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलामा पनि सेवाहद हटाउन लागिएको थियो । तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पदावधि लम्बाउन त्यसबेला सेवाहद हटाउन लागिएको थियो । तर, सहमति नहुँदा निर्णय हुन नसकेको बताइन्छ ।

अहिले नयाँ आइजिपी नियुक्ति हुने समय पनि नभएको र कसैलाई असर पनि नगर्ने भएकाले संगठन र देशको हितका लागि यो विषय बहसमा छ ।

चार वर्षअघि ओली सरकारले राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवाहदको प्रावधान हटाएर ३२ वर्ष पुर्‍यायो । आवश्यकताका आधारमा भन्दै विशेष सेवा नियमावली संशोधन गरी यस्तो व्यवस्था गरिएको थियो ।

हाल संसद्मा विचाराधीन नयाँ ऐनको मस्यौदामा पनि ३० वर्षे सेवाहद हटाउने प्रस्ताव गरिएको छ । नेपाल प्रहरी र सशस्त्रमा भने ३० वर्षे सेवाहद हटाउनेबारे सरकारको खासै चासो छैन । जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।