२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

सशस्त्र प्रहरी आईजिपी अर्यालबाट ४ जना नयाँ डिआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित सोमबार, फाल्गुण ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल सरकार सम्माननीय प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको यही फागुन ४ गतेको निर्णयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ४ जना मध्ये ३ जना बरिष्ठ अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ८ गते आयोजित एक समारोहका बीच दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
दज्र्यानी चिन्हबाट शुसोभित हुनुहुने बरिष्ठ अधिकृतहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह र पुरुषोत्तम थापा हुनुहुन्छ ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले संगठनमा आवद्ध भएपछि पदोन्नती महत्वपूर्ण रहने उल्लेख गर्नुहुँदै बढुवासंगै बढेको पदिय जिम्मेवारीलाई अझबढि उत्तरदायी भई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आर्थिक अनियमितता लगायत नेतृत्व गर्ने ठाउँमा थोरै मात्र गल्ती गरेपनि क्षम्य नहुने उल्लेख गर्नुहुँदै समाजका सवै तहले कामको मुल्यांकन गर्ने भएको हुँदा संगठन, पेशा र मुलुकप्रति पूर्ण निष्ठावान भई समर्पित रहन निर्देशन दिनुभयो ।
उहाँले बढुवा भएका अधिकृतहरुलाई ज्ञान, सीप, क्षमता र अनुभवको आधारमा थप जिम्मेवारी दिईएको बताउनुहुँदै सशस्त्र प्रहरी बल नेपालमा पहिलो व्याचको रुपमा नयाँ भर्ना भएका अधिकृतहरु पदोन्नती भएकोले यो एउटा ऐतिहासिक पदोन्नती भएको उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जहाँ जुन जिम्मेवारीमा रहेपनि त्यहाँ संगठनसंग सम्बन्धित हरेक पक्षहरुमा पथ प्रदर्शक र रोलमोडल बन्नु पर्ने उल्लेख गर्नुहुँदै संगठनले बिभिन्न पक्षहरुमा सुधारको योजनाहरु अघि सारेको र यस्ता योजनाहरु प्रभावकारी रुपमा गराउन सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
उहाँले संगठनलाई सेवा, सुरक्षा, सहयोग र उद्धार जस्ता कार्यहरुको माध्यमबाट सशक्त सुरक्षा संगठनको रुपमा उभ्याउन सवैले आ–आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुहँुदै आफ्नो पेशागत जिम्मेवारी र संगठनप्रति पूर्ण निष्ठावान भई अनुशासित र ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा अब्बल रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकश गौतम र बंशीराज दाहाल, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, अधिकृत र बिल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

मेष-आर्थिक पक्ष सबल बन्नेछ। व्यापार तथा व्यवसायमा मुनाफा बढ्नेछ। पारिवारिक आत्मियता बढ्ने संकेत छ। यात्रा लाभदायी हुनेछ तर अनावश्यक खर्चबाट सचेत रहनुहोस्। वृष-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। वाक्चातुर्यको प्रयोग गर्दा लाभ हुनेछ। दाम्पत्य सम्बन्धमा समझदारी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन-मेहनतको प्रशंसा हुनेछ। पदोन्नति वा सम्मान पाउने योग छ। आर्थिक लाभको अवसर आउन सक्छ। नयाँ सम्झौता वा […]

कैलाली । केही महिनादेखि शान्ति–सुरक्षाको सट्टा अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलालीमा शुक्रबार राति फेरि रक्तपातमा परिणत भएको छ । केही महिना यता दुई समूहबीच चलिरहेको झडपको क्रम शुक्रबार राति हिंसात्मक हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदी भरत चौधरीको ज्यान गएको हो । साथै ४७ जना कैदी घाइते भई सेती प्रादेशिक […]

error: Content is protected !!