०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

दाङमा सडक अलपत्र पारेको विरोधमा सडक डिभिजनमा नागरिकहरुको ताला

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

(ABC-Sanchar)                                                    दाङ । घोराहीको तुलसीपुर चोकदेखि कटुवाखोलासम्मको सडक अलपत्र पारेको भन्दै स्थानीयले सडक डिभिजन कार्यालय दाङमा विरोध प्रर्दशन गरेका छन् । सामाजिक अभियान्ता तथा दाङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण भुसाल र चित्रकान्त आचार्यको नेतृत्वमा भएको विरोध प्रर्दशन टोलीले सडक डिभिजन कार्यालयको गेटमा एक घण्टा ताला लगाएको थियो ।

उक्त सडक २०७७ सालदेखि अलपत्र अवस्थामा रहेता पनि सडक हालसम्म पनि निर्माण भएको छैन् । ‘नयाँ सम्झौता पनि छैन्, धरौती जफत गरेर काम पनि सम्पन्न गर्दैनन्, ठेक्का पनि तोड्दैनन्, कालो सूचीमा पनि हाल्दैन् डिभिजन कार्यालयले । कि म्याद थप गर्नु पर्यो कि कालो सूचीमा राख्न पर्यो, कि ठेक्का तोड्नु पर्यो कि धरौती रकम लगेर काम गर्नु पर्यो भन्ने मुख्य माग हाम्रो यो छ । जनताले दुख पाउनु भएन’ – उनले भने ।

सडक डिभिजन कार्यालय दाङले जुन जुन ठाउँमा ठेक्का दिएर सडक अलपत्र परेका छन् । त्यस स्थानमा अविलम्ब निर्माण कार्य सुचारु हुनु पर्ने माग रहेको भुसालले बताए । साथै सडक डिभिजनले फोरलेन सडकको कार्यालय अन्तै हो भनेर पन्छिन नपाउने उनको जिकिर छ । दाङका जति भत्किएका सडक र निर्माण अलपत्र पारिएका सडक छन् त्यो सबैको कार्य क्षेत्र हेर्ने सडक डिभिजन कार्यालय भएकोले यसबाट पन्छिन नहुने उनले बताए ।

सडक अलपत्र अवस्थामा हुँदा उड्ने धुलोले स्थानीय र यात्रुलाई दम, क्यान्सर लगायतका प्राणघातक रोगहरु लाग्न सक्ने बताउदै तत्काल निर्माण कार्य सुचारु गर्न दवाब स्वरुप कार्यालयको गेटमा एक घण्टा ताला लगाएको बताए । उक्त सडक निर्माणका लागि मंलगबार नै निर्माण सामाग्री झार्ने सहमतिमा ताला खोलिएको पनि उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!