२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

डिआईजी अशोक सिंहको जागिर धरापमा

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०९, २०७९

ABC (क्राईमबिट)                                                        उमेर विवादमा मुछिएका  डिआईजी   अशोक सिंहको जागिर धरापमा परेको छ । नागरिकता र सिटरोलमा भरेको जन्ममितिमा उमेर डेढ वर्ष फरक पाइएपछि उनीमाथि छानबिन भइरहेको छ । प्रहरी प्रधान कार्यालयले र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धनमा छानबिन थालेपछि सिंह राजीनामा दिने मुडमा पुगेका छन् ।

छानबिन हुँदा बर्खास्त हुने र सेवा सुविधा समेत गुम्ने अवस्था देखिएपछि राजीनामा दिन लागिएको स्रोत बताउँछ । सिंहको नागरिकताअनुसार जन्ममिति २०२४ को २२ जेठ देखिन्छ भने उनले प्रहरी प्रधान कार्यालयको सिटरोलमा १६ पुस २०२५ भरेका छन् । नागरिकताको उमेरअनुसार उनले २६ वर्षमा जागिर खाएको देखिएपछि छानबिन सुरु भएको हो । ‘गम्भीर विवाद देखिएपछि प्रहरी महानिरीक्षकज्यूले नै प्रहरी किताबखानासँग समन्वय गरी छानबिन गर्न भन्नुभएको छ,’ प्रहरीको कर्मचारी प्रशासन शाखाका एक अधिकारीले भने,‘यो विषयमा आन्तरिक रुपमा बुझ्ने काम भइरहेको छ ।’ नागरिकताको उमेरअनुसार उनले एसएसपीबाटै अवकाश पाउने देखिएको स्रोत बताउँछ । सिंह हाल सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

सिंह आइजिपी हुन पहिलो नम्बरमा एआइजी हुने लबिइङमा थिए । यहीबीचमा उनको गम्भीर विवाद आएपछि एआइजी बढुवा समेत रोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!