
(ABC-Sanchar)
धनुषा । जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकाको लक्ष्मीनियाँमा बजारमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा परी धनुषाको लक्ष्मीनियाँ गाउँपालिका(४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । अस्पतालमा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गौतमले बताए ।मृतक ठाकुर मोटरसाइकल चलाइरहेका थिए भने सत्तो पछाडि बसेका थिए ।