२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गोरखामा मिनी ट्रक दुर्घटना २ जनाको मृत्यु, ६ जना घाइते

Logo
प्रकाशित सोमबार, फाल्गुण २९, २०७९

ABC (क्राईमबिट)                                                काठमाडौं । गोरखा नगरपालिका ६, बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएका २ जनाको मृत्यु भएको छ । गम्भीर घाइते एक जनाको उपचारको क्रममा गोरखा अस्पताल र एक जनाको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए ।

गोरखा अस्पतालमा मृत्यु भएका मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा सख्त घाइते बनेका दोलखा शैलुङ गाउँपालिका–६ घर भएका दोलखा घर भइ धादिङको राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षीय विष्णु खड्काको चितवनस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
दुर्घटनामा घाइते भएका ६ जना उपचाररत छन् । दुर्घटनाका गम्भीर घाइते २ जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बर्दिया घर भएका २८ वर्षीय मंगल चौधरी, सहिद लखन गाउपालिका–४ का बुद्धिबहादुर नेपालीलाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ । चार जनाको भने गोरखा अस्पतालमा उपचार भइरहेको डीएसपी लिलाराज लामिछानेले बताए ।

बसपार्कबाट आबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एक मोटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिँदै सडकबाट तल खसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]