०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसी रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

Logo
प्रकाशित शनिबार, चैत्र ०४, २०७९

(ABC-Sanchar) मस्को । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको हो ।

यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने पनि समावेश छ । यी अपराध युक्रेन मा २४ फेब्रुअरी २०२२ देखि भएको उल्लेख, जब रूसले आफ्नो पूर्ण मात्रामा आक्रमण सुरु गरेको थियो ।

रुसले भने आक्रमणको क्रममा युद्ध अपराधको आरोप अस्वीकार गरेको छ । पक्राउ पुर्जी बारे प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले यसको ‘कुनै महत्त्व’ नभएको जिकिर गरेकी छन् । प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशको लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]