१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

नेपाल प्रहरीको आइजिपी बढुवा र नयाँ आईजिपी बालुवाटारमा छलफल जारी

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा यही साता नेतृत्व परिवर्तन हुँदैछ । तर, विगतमा जस्तो प्रहरी नेतृत्वका लागि सतहमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छैन ।

३० वर्षे सेवाहदको प्रावधान हेरफेर नभएमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका अधिकारीले शुक्रबारदेखि अनिवार्य अवकाश पाउनेछन् । त्यो अवस्थामा सोमबार मात्र बढुवा भएका पाँच एआइजीमध्येबाट एक आइजिपी हुनेछन् । पाँचैजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास जित्ने प्रयासमा छन् । सबैले शक्ति केन्द्रमा आ–आफ्नो तर्फबाट लबिइङ गरेपनि विगतमा जस्तो आइजी बन्नका लागि फोहोरी खेल खेलेको भने देखिएको छैन । जसकारण जो आइजिपी भएपनि यसपटक विवादमुक्त हुने सम्भावना छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो । एक नम्बरमा एआइजी भएकाले कुँवरको सम्भावना बढी छ । तर, यसअघि विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वाेच्च अदालतले आइजिपी नियुक्तिको अधिकार सरकारको भएकाले सिनियरमध्येबाट जसलाई पनि रोज्न सक्ने फैसला गरेको छ । जसआधारमा अरुको सम्भावना पनि उत्तिकै छ ।

प्रतिस्पर्धीमध्ये एआइजी दिपक थापा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन् । यद्यपि, थापा पछि पनि आइजिपी हुन सक्ने भएकाले अन्य चार जनामध्येबाट बढुवा गर्नेबारे बालुवाटारमा छलफल भइरहेको बताइन्छ । अन्य चार जनामध्ये प्रधानमन्त्रीका विश्वासपात्र कोही छैनन् । अर्काेतर्फ आइजिपी नियिुक्तिमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिरहेका छन् । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भएकाले आइजिपी नियुक्तिमा कांग्रेसको पनि भूमिका हुने निश्चित छ । पहिलो नम्बरमा रहेका कुँवर नै नेपाली कांग्रेसनिकट भनेर चिनिन्छन् । कांग्रेसले कुँवरलाई नै अघि सारेमा उनको सम्भावना धेरै रहेको बताइन्छ ।

समाचार स्रोतका अनुसार पछिल्लो समय चौथो नम्बरका श्यामलाल ज्ञवालीको पनि प्रधानमन्त्रीसँग निकटतम सम्बन्ध रहेको बताइन्छ । पाँचौ नम्बरकी किरण बज्राचार्य पनि पहिलो महिला आइजिपी भएर इतिहास रच्ने प्रयासमा छिन् । टेकप्रसाद राईले पनि राजनीतिक भेटघाट बढाएका छन् । प्रधानमन्त्री प्रचण्ड यसपटक विगतमा जस्तो आइजिपी नियुक्तिको विवादमा नपर्ने रणनीतिका साथ अघि बढेको बालुवाटार स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]