०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

नेपाल प्रहरीको आइजिपी बढुवा र नयाँ आईजिपी बालुवाटारमा छलफल जारी

Logo
प्रकाशित मंगलबार, चैत्र ०७, २०७९

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा यही साता नेतृत्व परिवर्तन हुँदैछ । तर, विगतमा जस्तो प्रहरी नेतृत्वका लागि सतहमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छैन ।

३० वर्षे सेवाहदको प्रावधान हेरफेर नभएमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका अधिकारीले शुक्रबारदेखि अनिवार्य अवकाश पाउनेछन् । त्यो अवस्थामा सोमबार मात्र बढुवा भएका पाँच एआइजीमध्येबाट एक आइजिपी हुनेछन् । पाँचैजना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास जित्ने प्रयासमा छन् । सबैले शक्ति केन्द्रमा आ–आफ्नो तर्फबाट लबिइङ गरेपनि विगतमा जस्तो आइजी बन्नका लागि फोहोरी खेल खेलेको भने देखिएको छैन । जसकारण जो आइजिपी भएपनि यसपटक विवादमुक्त हुने सम्भावना छ ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो । एक नम्बरमा एआइजी भएकाले कुँवरको सम्भावना बढी छ । तर, यसअघि विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वाेच्च अदालतले आइजिपी नियुक्तिको अधिकार सरकारको भएकाले सिनियरमध्येबाट जसलाई पनि रोज्न सक्ने फैसला गरेको छ । जसआधारमा अरुको सम्भावना पनि उत्तिकै छ ।

प्रतिस्पर्धीमध्ये एआइजी दिपक थापा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन् । यद्यपि, थापा पछि पनि आइजिपी हुन सक्ने भएकाले अन्य चार जनामध्येबाट बढुवा गर्नेबारे बालुवाटारमा छलफल भइरहेको बताइन्छ । अन्य चार जनामध्ये प्रधानमन्त्रीका विश्वासपात्र कोही छैनन् । अर्काेतर्फ आइजिपी नियिुक्तिमा प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिरहेका छन् । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भएकाले आइजिपी नियुक्तिमा कांग्रेसको पनि भूमिका हुने निश्चित छ । पहिलो नम्बरमा रहेका कुँवर नै नेपाली कांग्रेसनिकट भनेर चिनिन्छन् । कांग्रेसले कुँवरलाई नै अघि सारेमा उनको सम्भावना धेरै रहेको बताइन्छ ।

समाचार स्रोतका अनुसार पछिल्लो समय चौथो नम्बरका श्यामलाल ज्ञवालीको पनि प्रधानमन्त्रीसँग निकटतम सम्बन्ध रहेको बताइन्छ । पाँचौ नम्बरकी किरण बज्राचार्य पनि पहिलो महिला आइजिपी भएर इतिहास रच्ने प्रयासमा छिन् । टेकप्रसाद राईले पनि राजनीतिक भेटघाट बढाएका छन् । प्रधानमन्त्री प्रचण्ड यसपटक विगतमा जस्तो आइजिपी नियुक्तिको विवादमा नपर्ने रणनीतिका साथ अघि बढेको बालुवाटार स्रोतले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!