१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

नेपाल प्रहरीको ३० औं आईजीपीमा बसन्त कुँवर नियुक्त

Logo
प्रकाशित शुक्रबार, चैत्र १०, २०७९

ABC (क्राईमबिट) काठमाडौं । मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।

कुवँरलाई आईजीपी नियुक्त गर्ने निर्णय गरिएको पर्यटनमन्त्री सुदन किरातीले जनाकारी दिए । मन्त्री किरातीले भने- ‘कसैलाई भेदवाभ नगरी कुवँरलाई आईजीपी नियुक्त गरिएको हो । एआईजी बढुवामा उहाँ एक नम्बरमा हुनुहुन्थ्यो । कसैप्रति अन्याय भएको छैन ।’

कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए । मन्त्रिपरिषदले प्रहरीको ३०औं आईजीपीको रुपमा कुँवरको बढुवा गरेको हो । उनले आफ्ना प्रतिस्पर्धी चार एआईजीलाई पछि पारेका छन् । दुई साताअघि गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कुँवरसहित ५ जना डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

बुधबार मात्र मन्त्रिपरिषदले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको हो । एआईजीमा बढुवा भएको दुई दिनमै कुँवर आईजीपी बनेका हुन् । कुँवरको कार्यकाल हालको ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार २०८१ चैतसम्म हुनेछ । उनी २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । डीआईजी रहँदा मधेस प्रदेश प्रमुख रहेका कुँवरले प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए ।

त्यस्तै, एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर कुँवरले सफल कार्यकाल पूरा गरेका थिए । आईजीपीको दाबेदारका अन्य एआईजीमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य थिए । कुँवर डीआईजी र एआईजीमा पहिलो वरियतामा बढुवा भएका थिए ।

अवकाश पाएका सिंहलाई गएको १८ वैशाखमा बढुवा गरिएको थियो । उनीसँगै एकै ब्याचका तीन एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले पनि अवकाश पाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!