२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

प्रहरी सरुवा र बढुवामा कसैलाई हस्तक्षेप गर्न दिने छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । ‘प्रहरी शासक हैन सेवक हो’ निर्देशन सम्बोधन गर्दै श्रेष्ठले भने–‘जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’

देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपालकै सर्वाधिक दोस्रो उपन्यास लेख्नुभएका साहित्यकार एवं पत्रकार सविन प्रियासनले किताब लेखन प्रतियोगितामा सहभागिता जनाउने इच्छा व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा यस सम्बन्धी धारणा पोस्ट गर्दै उहाँले प्रतियोगितामा जितेमा पुरस्कारबाट सामाजिक कार्य गर्ने समेत उद्घोष गर्नुभएको छ। प्रियासनले सामाजिक सञ्जालमा लेख्नुभएको छ – किताब लेखन प्रतियोगिता आयोजना कहिले होला ? कुनै संस्थाले […]

दाङ । घोराही दाङमा भारतीय नम्बर प्लेटका गाडीहरू अलि बढी देखिन थालेका छन्। यो विषयमा सम्बन्धित निकायले निगरानी गर्नुपर्छ। घोराही बनाऔँ अभियान अन्तर्गत स्थानीय प्रशासन र प्रहरीले यस्ता गाडीहरूको अवैध प्रवेश र गतिविधि विरुद्ध कडाई गर्नुपर्छ। घोराही बनाऔँ अभियानको उद्देश्य घोराहीलाई स्वच्छ, सुन्दर र सुरक्षित बनाउनु हो। यस अन्तर्गत अवैध गतिविधिहरु रोक्न र स्थानीय जनताको […]

काठमाडौं । राज्य भन्ने अवधारणा केवल प्रशासनिक संरचना मात्र होइन; यो व्यवस्था, सुरक्षा र न्यायको समष्टिगत प्रतिज्ञा हो। समाजलाई अराजकता, हिंसा र विद्रोहबाट जोगाउने दायित्व राज्यको हुन्छ, र यही दायित्व निर्वाह गर्न राज्यले सुरक्षा संस्थालाई शक्ति प्रदान गर्दछ। तर इतिहासले देखाएको सत्य के हो भने राज्य शक्ति जति आवश्यक छ, त्यति नै संवेदनशील पनि हुन्छ। […]