२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

प्रहरी सरुवा र बढुवामा कसैलाई हस्तक्षेप गर्न दिने छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

Logo
प्रकाशित सोमबार, चैत्र २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । ‘प्रहरी शासक हैन सेवक हो’ निर्देशन सम्बोधन गर्दै श्रेष्ठले भने–‘जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’

देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । पवित्र राजनैतिक बाटोबाट देश र समाजका उद्देश्य पूर्तिका लागि खोलिएका मानिसका समूह गुटलाई राजनीतिक भाषामा दल अथवा पार्टी भनिन्छ । एकतन्त्रीय निरंकुश शासन व्यवस्थामा कुनै एक व्यक्ति, परिवार र समूहले देशको शासन सत्तामा हालीमुहाली गरेको हुन्छ । त्यस्तो अवस्थामा अरु कुनै दल, समूहलाई निस्तेज र निषेध गरिएको हुन्छ । दलीय शासन व्यवस्थामा […]

  बाँके । यो मुलुकको विधायिकाबाट जारी गरिने संविधान ऐन, कानुन तथा सरकारले जारी गर्ने अध्यादेश, प्रत्यायोजित व्यवस्थापन अन्तर्गत बनेका नियम, विनियम तथा नियमावली, निर्देशिका र अन्तराष्ट्रिय सन्धी सम्झौताहरु, सनद सबाल, नजिर आदि सबैलाई कानुन भनिन्छ । कानुन राज्यको शासन व्‍यवस्था सञ्चालन गर्ने मुख्य आधार हो । नेपालको कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा ‘कानुन […]

  काठमाडौं । अस्ति बाटोमा हिड्दै थिए एउटा साथि भेटीयो सोध्यो, सन्चै ! भने ठिकै छु | यसो नियालो शिरदेखी पैतलासम्म आश्चर्यमिश्रित भावमा अनि बाटो लाग्यो थाहा छैन के सोच्यो ? हिजो अड्डा गए,सबै सबै सोध्नु भो फाँटवाला सरले बाजे सोध्नु भो, बा सोध्नु भो नामथर, ठेगाना सोध्नु भो लिङ्ग सोध्नु भो उमेर सोध्नु भो, […]

error: Content is protected !!