(रोशन कुमार निधि)
पर्सा । बिरगंज मंगलबार बेलुका ७:४५ बजेको समयमा वीरगञ्ज वडा-१७ अलौं सडक खण्डमा पोखरीयाबाट वीरगञ्ज तर्फ तर्फ जाँदै गरेको ना.५ च ४७५ नम्बरको पिकअप गाडीले विपरित दिशा तर्फबाट जादै गरेको प्र. २-०३-०२२ प ९८०० नम्बरको मो.सा.लाई ठक्कर दिदा मो.सा. चालक जिल्ला पर्सा जिराभवानी गा.पा. वडा नं. ३ बस्ने बर्ष ३७ को मनोज हजरा गम्भिर घाईते भएका थिए ।
नारायणी अस्पताल वीरगञ्जमा उपचारार्थ हजराको बुधबार बिहान ७:४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।
पिकअप र पिकअप चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ८ बस्ने वर्ष ३६ को गणेश कुमार अधिकारीलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट -७ दिनको म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।