२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको हो ।

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।

इमरानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भएका छन् । पाकिस्तानी सर्वोच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई उनको गिरफ्तारी भएपछि देशमा भएको हिंसाको निन्दा गर्न भनेका थिए । तर इमरानले ती हिंस्रक घटनाका लागि आफू जिम्मेवार नरहेको बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!