२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न अदालतको आदेश

Logo
प्रकाशित बिहिबार, बैशाख २८, २०८०

(ABC-Sanchar) काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानुनी रहेको भन्दै त्यहाँको सर्वोच्च अदालतले उनको रिहाइका लागि आदेश दिएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले खानलाई रिहा गर्न आदेश दिनुका साथै उच्च अदालतको न्यायिक प्रक्रियामा सामेल हुन भनेको हो ।

भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।

इमरानको गिरफ्तारीपछि पाकिस्तानका विभिन्न स्थानमा हिंस्रक प्रदर्शन भएका छन् । पाकिस्तानी सर्वोच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई उनको गिरफ्तारी भएपछि देशमा भएको हिंसाको निन्दा गर्न भनेका थिए । तर इमरानले ती हिंस्रक घटनाका लागि आफू जिम्मेवार नरहेको बताए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]