२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा जनचेतना मूलक कार्यक्रम

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०


ABC (क्राईमबिट)
दाङ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवशको अवसरमा वडा प्रहरी कार्यालय लमही दाङ एंव देउखुरी सामुदायिक सेवा केन्द्र लमही दाङको संयूक्त आयोजनामा जिल्ला दाङ लमही न.पा. का बिभिन्न वडाहरुमा प्र.ना.नि. बिस्न बहादुर के.सी. समेतका प्रहरी कर्मचारीहरुद्वारा

सोही सेवा केन्द्रका पदाधिकारी, मिडिया कर्मी, यातायात व्यवसायी, व्यापारीहरु, सवारी तथा पैदल यात्रु, महिला, बाल- बालिका तथा जेष्ठ नागरिक, सर्वसाधारण गरि अन्दाजि ७०/८० जनाको

सहभागितामा ”हामी सवैको आवाज- जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव मुक्त समाज भन्ने मुल नारा सहित सो सम्बन्धी कसूर र सजाय ऐन २०६८ मा भएको व्यवस्था ” सम्वन्धी अडियो जिंगल प्रसारण , ७०/८० थान पर्चा पम्प्लेट बितरण तथा रेडियो हाईवे १०७.३ मेगाहर्ज बाट समेत चेतनामूलक जिंगल प्रसारण तथा गरि कार्यक्रम सम्पन्न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!