२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसदबाट राजीनामा दिए

Logo
प्रकाशित शनिबार, जेठ २७, २०८०

(ABC-Sanchar)
काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ ।

उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए ।

जोनसन अहिले संसदीय छानबिनको क्रममा छन् । संसदीय समितिले कोरोनासँग सम्बन्धित सबै नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा छानबिन गरिरहेको छ ।

अनुसन्धानले जोनसनको राजनीतिक भविष्यमा प्रभाव पार्ने सम्भावना छ । संसदको विशेषाधिकार समितिलाई बोरिस जोनसनले संसदलाई गुमराह गरेको पाइएमा १० दिनभन्दा बढीको लागि सदस्यता निलम्बन गर्न सिफारिस गर्ने अधिकार छ।

राजीनामाको क्रममा उनले आफूमाथि अनुसन्धान गरिरहेका सांसदविरुद्ध उग्र विरोध गरेका छन् । जोनसनको कदमले सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र गहिरो विवादको संकेत देखिएको छ ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!