२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बारामा पिकपको ठक्करबाट एकजना यूवक गम्भीर घाइते

Logo
प्रकाशित बिहिबार, जेठ ३२, २०८०

 

(ABC-Sanchar)

बारा । देवताल गाउँपालिका वडा -४ पिप्राडि बस्ने अंन्दाजी वर्ष ३० को राकेश यादव रहेका छन।

बुधबार दिउंसो अन्दाजी ३:३० बजेको समयमा बाराको परवानिपुर गाउँपालिका वडा-५ एल एस न्यूरो अगाडि कलैया तर्फ जादैंगरेको प्रदेश २-०३-००१ च ५०२९ नम्बर को बलेरो पिकअप गाडी ले बिपरित दिशाबाट आउँदै गरेको ना.४०प ४०१० नम्बर को मोटरसाकल लाई ठक्कर दिँदा मोटरसाइकल चालक यादवको टाउकोमा गम्भीर चोट लागेको हो।

एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको र घाइते राकेश यादव को अवस्था सामान्य रहेको हस्पिटल का चिकित्सक ले जानकारी गराएका छ्न बलेरो र चालक जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा -१५ भिस्वा बस्ने अंन्दाजी २५ को रुपेश महतो लाई गण्डक इलाका प्रहरी कार्यालय प्रसौनी बाराले नियन्त्रण मा राखिएको प्रहरी ले जनाएको छ!

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]